पिपला ढुङ्गानाको (Pipala Dhungana) को जन्म सिन्धुपाल्चोक जिल्लाको बतासे गाविसमा भएको हो। न्युन मध्यम परिवारमा जन्मिएकी उनले विद्यालय स्तरको पढाई सिन्धुपाल्चोकबाट नै पुरा गरेकि हुन्।विद्यालय स्तरबाट नै साहित्यमा रुचि राख्ने उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ आइन् । समाजमा रहेको कुरिती र विसङ्गतिका प्रति व्यङ्ग्यात्मक शैलीबाट आफ्नो कलम चलाउने उनी समानता र स्वतन्त्रतामा विश्वास राख्छिन्। पढाई र लेखाइका अलावा पनि उनीभित्र मान्छेको जीवन र जीवनशैलीलाइ नजिकैबाट नियाल्ने रहर छ। त्यसैले उनी आफुलाई फिरन्ते बताउँछिन्। किनकि घुम्न उनलाई निकै मनपर्छ। उनी भन्छिन् घुम्नु भनेको जीवन अनुभव गर्नु हो।हज्जारौँ पुस्तकले नदेखाउने जिन्दगीको भित्री रहस्य, बाँच्नुको गुदि चुरो वास्तविक जीवनसँग साक्षात्कार हुन पाएपछि मात्र मिल्छ।